जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही

जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा बिक्री हुने पानीको जारको ४७ रुपैयाँ भन्दा बढी नलिन सरकारले निर्देशन दिएको छ ।

पानी उत्पादक कम्पनीहरूले एउटै प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपीमा बिक्री-वितरण भएको गुनासो आएपछि उपत्यकाभर पानीको मूल्यमा समानता कायम गर्न भनेको छ ।

जारको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ र बोतलको पानीको खुद्रा मूल्य अधिकतम १६ रुपैयाँ रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्मरण गराएको छ ।


यी मूल्यभन्दा फरक पर्ने गरी होटलररेस्टुरेन्टसँग सम्झौता गरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीहरूलाई सचेत गराएको छ ।

प्रचलित मूल्य भन्दा बढी लिए कारबाही गरिने विभागले जनाएको छ ।