शुक्रबार सुनको भाउ घट्यो

काठमाडौं : शुक्रबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बिहिबार ७६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ सय रुपैयाँले घटेर प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैया कायम भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेर ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।