डुबानमा काठमाडौं उपत्यकाका नदी किनारका बस्ती

डुबानमा काठमाडौं उपत्यकाका नदी किनारका बस्ती

काठमाडौँ । सोमबार साँझदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकाका अधिकांश नदी किनार क्षेत्र जलमग्न बनेका छन्।

काठमाडौंको बागमती, विष्णुमती, रुद्रमती मनोहरा, ललितपुरको कोड्कु, भक्तपुरको हनुमन्ते लगायतका खोलामा जलसतह बढेपछि किनारमा रहेका बस्ती डुबानमा परेका छन्। बागमती, विष्णुमती, कोड्कुलगायत खोलाले जल सतह पार पर्दा किनारका बस्ती डुबानमा परेका छन्।

जल तथा मौसम विज्ञान विभागकाअनुसार काठमाडौंको धाप क्षेत्रमा पछिल्लो १२ घन्टामा ५९.४ मिलिमिटर पानी परेको छ। कपनमा ८४.६, थलीप्मा ६७.६ मिलिमिटर पानी परेको छ। 

ललितपुरको गोदावरीमा १०१.६, काठमाडौंको नैकापमा ५६.४ मिलिमिटर पानी परेको छ।काठमाडौं उपत्यकामा वर्षात् मत्थर भएको छ। तर आसपासका स्थानमा पानी परिरहेकाले जल सतह बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ।