शुक्रबार सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाण्डौ : शुक्रबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३१ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४१ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा थियो।

यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ५३ पैसा रहेको छ । हिजो यसको खरिददर २९५ रुपैयाँ ९३ पैसा रहेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा तोकेको छ । हिजो ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा रहेको थियो ।

आज शुक्रबार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९१ पैसा र बिक्रीदर २८ रुपैयाँ ०५ पैसा रहेको छ । बिहीबार खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ ०२ पैसा रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो यसको १ को खदिदर ३७३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ९५ पैसा थियो । यस्तै आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३०४ रुपैयाँ १९ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २० पैसा रहेको थियो ।