काठमाडौंको कालोपुलमा एक युवकको हत्या, श्रीमतीसहित २ जना पक्राउ

काठमाडौंको कालोपुलमा एक युवकको हत्या,  श्रीमतीसहित २ जना पक्राउ

काठमाडौं। ओखलढुंगाको लिखु-९ का २० वर्षीय प्रेम महत दर्जीको हत्या भएको भएको छ। घाँटीमा सलले कसेर उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

उनको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ओखलढुंगाकै २४ वर्षीय उषा नेपाली र २७ वर्षीय मदन रम्तेललाई पक्राउ गरेको छ। उषा र मृतक प्रेम एक महिनादेखि त्यहाँ बस्दै आएका थिए। मदनभने उषाका पूर्वपति रहेको बताइएको छ।

पक्राउ पर्नेहरुमा मृतक महतका श्रीमती ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुर घर भएकी २४ वर्षीया उषा सार्की र सोही ठाउँका २७ वर्षीय मदन रम्तेल छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा महतको हत्या भएको खुलेको छ । शवको प्रकृति हेर्दा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिए पनि झुन्ड्याएर खसेको जस्तो बनाइएको एसपी अधिकारीले बताए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।