अर्काकी पत्नीसँग ‘लिभिङ टुगेदर’बस्ने युवाको हत्या, प्रेमिकाले दिइन् यस्तो बयान

अर्काकी पत्नीसँग ‘लिभिङ टुगेदर’बस्ने युवाको हत्या, प्रेमिकाले दिइन् यस्तो बयान

काठमाडौं । काठमाडौंको कालोपुलमा अर्काकी पत्नीसँग ‘लिभिङ टुगेदर’मा बस्ने एक युवाको सँगै बस्ने प्रेमिकाबाटै हत्या भएको छ ।आइतबार बिहान १० बजे २३ वर्षिया उषा नेपालीले २० वर्षीय प्रेम विकको हत्या गरेको भनिएको छ ।

यद्यपि उषाले भने प्रेमले आक्रमण गरेपछि आफूले प्रतिकार गर्दा ज्यान गएको बयान दिएकी छिन् । उषाको शरीरमा निलडाम र घाउ चोट लागेको प्रहरी वृत्त गौशालाले जनाएको छ । उषा ओखलढुङ्गाकी हुन् भने मृतक प्रेमको ठेगाना खुल्न बाँकी छ । प्रेमले आफ्नो घाँटीमा सलले निचोर्न लागेर कुटपिट गरेको उषाले बयान दिएकी छिन् । उषाको ६ वर्षअघि बिहे भएको थियो । उनको ५ वर्षे छोरा समेत छ ।

उषाकि दिदि सम्झनाले भनिन्, ‘‘डेढ वर्षदेखि प्रेममा रहेछन् । दुईबीच अब नभेट्ने सहमति भएको थियो । गौशाला चौकीमा मिलापत्र भइसकेपछि पहिलेका पतिले उषालाई लिएर गइसकेका थिए । आज फेरि उषाको कोठामा प्रेम आएछन् । उषालाई कुटपिट गरेछन् । प्रतिकार गर्दा प्रेमको ज्यान गएको बताएकी छिन् ।’’

प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ । उषाको बयानले घटना के कसरी भयो भन्ने कुरामा केही प्रकाश पार्छ, तर अझै पनि यस घटनाका पछाडि के तथ्य छन् भनेर पूर्णतया स्पष्ट हुन समय लाग्न सक्ने देखिन्छ ।