काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल (२४ क्यारेट) सुनको मूल्य घटेर कारोबार भएको छ । आज एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार एक लाख ४९ हजार ९९९ रुपैयाँ पुगेको थियो । यसदिन २२ क्यारेट सुन प्रतितोला एक लाख ३७ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला एक हजार ७८५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।