बाढीले अटोरिक्सा बगाउँदा दुईजना बेपत्ता

बाढीले  अटोरिक्सा बगाउँदा दुईजना बेपत्ता

दाङ । दाङको घोराही तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले दुईवटा अटोरिक्सा बगाएको छ ।

तुलसीपुरबाट खाद्रे जाँदै गरेको रा ६ ह ४०५५ नम्बरको अटोरिक्सा तुलसीपुर ४ स्थित बेचनी खोलाले बगाउँदा दुई जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भइ सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ स २३५७ नम्बरको अर्को अटोरिक्सा बगाएको हो । बाढीले बगाएका तुलसीपुर ७ पर्सेनीका चालक २२ वर्षीय दुर्गा पुनको गएराति नै उद्धार गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।