यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। अमेरिकी डलरले आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ।

अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। जो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा थियो।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ४६ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४२ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १० पैसा र बिक्रीदर ८७ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७५ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ४३९ रुपैयाँ २३ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ७२ र बिक्रीदर ३५६ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६० र बिक्रीदर ३५६ रुपैयाँ १९ पैसा थियो।