गेष्ट हाउसको एउटै कोठामा महिला र पुरुष मृत फेला

गेष्ट हाउसको एउटै कोठामा महिला र पुरुष मृत फेला

काठमाडौंको एक गेष्ट हाउसमा पुरूष र महिला मृत फेला परेका छन्। शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर ९ शम्भुमार्गस्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा एक जना पुरूष र एक जना महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

शुक्रबार मध्याह्न १२ बजे होटलको मान्छे खाना खाने/नखाने भनेर बुझ्न पुगेका थिए। तर लामो समयसम्म पनि ढोका खोलेका थिएनन्। ढोका नखोलेपछि १ बजेतिर प्रहरीलाई खबर भएको थियो। 

घटनास्थलमा ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूष झुण्डिएको अवस्थामा फेला परेका हुन्। उक्त कोठामा एक जना पुरूष र महिला असार १५ गते मंगलबारदेखि बस्दै आएका थिए।

मृतक पुरूष बाजुरा त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की छन्।