प्रवचन ‘ट्रोल’ भएपछि के भन्छिन् चन्द्रकला सखी ?

प्रवचन ‘ट्रोल’ भएपछि के भन्छिन् चन्द्रकला सखी ?

काठमाडौँ । राजधानीको पशुपतिस्थित वनकाली क्षेत्रमा आयोजित कोटिहोममा प्रवचन दिने क्रममा ‘ट्रोल’ भएपछि चन्द्रकला सखीले आफ्नो गल्ती स्वीकार गरेकी छन् । उनले आफू कुनै विदुषी नभएकाले सामान्य त्रुटिहरू हुनसक्ने बताएकी हुन् । 

‘जिभ्रोको स्वभावै चिप्लिनु हो ।  बोल्दा कहीँकतै जिभ्रो चिप्लिन पनि सक्छ । त्यसलाई ध्यानमा नदिएर कथाको उद्देश्य के हो, विषयवस्तु के हो, त्यसतिर ध्यान आकर्षण गर्नुपर्छ’, उनले भनिन् । उनले थप भनिन्, ‘म कुनै विद्वान होइन । म कुनै पण्डित, विदुषी होइन । जसको कारण यहाँ प्रस्तुत गर्ने कुरामा कहीँ कतै त्रुटिहरू हुन सक्लान् । त्यसलाई हजुरहरुले पक्कै पनि एउटा सानी बालिकाले बोलेको सम्झेर क्षमा गर्नुहुन्छ होला ।’

प्रवचनका क्रममा बुधबार उनले  ‘गोरुको प्रिय भोजन मयूर’ भनेपछि ट्रोल भएकी थिइन् । उनी प्रवचनका लागि बेलायतबाट नेपाल आएको बताइएको छ ।