काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताएका छन्।
बिहीवार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताएका हुन्। उनले म धेरै बोल्ने भन्दै सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताए।
प्रमुख साहले कार्यक्रमहरुमा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताए। उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताए। उनले २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताए। उनले पशुपति क्षेत्रका सडकहरु चाँडो र तिब्रगति गतिमा बन्दै जाने विश्वास रहेको बताए।
उनले विशेषगरी पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरहरुको मुहार हेर्ने चाहना रहेको बताए। उनले सम्पदामैत्री क्षेत्र सम्पदामैत्री सडक र घर तथा भवनहरु बनाउनको लागि काठमाडौं महानगरले बजेट समेत व्यवस्था गरेकाे बताए। उनले सम्पदा क्षेत्रका घरहरु सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने बताए। उनले सम्पदा शैलीका सडक र घर भवनहरु भए पर्यटकहरुलाई आकर्षण अझै बढी हुने बताए।
उनले भने,‘चाँडो र तिव्रगतिमा यहाँका सडकहरु बन्दै जानेछन् । बन्दै पनि छन् । ढुङ्गा छापिएका बाटोहरु भर्खरै छटबाट हेर्दै पनि थियौं । विशेषगरी पशुपति क्षेत्र आफैमा सम्पदा क्षेत्र भएको हिसावले जसरी वडा भवनको मुहार देखिएको छ । आगामी दिनहरुमा हाम्रो वडा अध्यक्ष,जनप्रतिनिधि ज्युहरु र कर्मचारीहरुको सहकार्यले सम्पदामैत्री बोटा र घरहरुको मुहार यस्तै देखियोस् भन्ने चाहना छ । त्यसको लागि काठमाडौं महानगरले बजेट पनि राखेको छ । अगाडि देखि घरका फसादहरु सम्पदामैत्री मेगा शैलीमा भयो भने पर्यटकीय क्षेत्र अझै पनि राम्रो देखिनेछ । पर्यटकहरुलाई आकर्षण अझै बढी हुनेछ भन्ने आशा लिएको छु । म धेरै बोल्न चाहन्न । अब निस्कन पनि लागेको भएर छोटो बोल्न आग्रह गरेर बोले खासै बोल्ने भन्दा पनि कामै गर्नुपर्छ भन्ने हो । उहाँहरुलाई ग्राहो छ । लामो लिस्ट हुँदोरहेछ । जिल्ला सभापतिदेखि महाधिवेशन प्रतिनिधिको नाम लिएर समय त्यसै जाँदो रहेछ । त्यो भन्दा पनि काममा समय दियौं । यति ठूलो कार्यक्रम गर्नुपर्ने थिएन तर २२ वर्षको मेहनतले गरेको भए ।’
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरको वडा ८ ऐतिहासिक, सांस्कृति र पुरातात्विक रुपमा महत्व बोकेको वडा भएको बताइन्। उनले वडाले बस्ती र बस्तीहरुलाई सांस्कृति र पुरातात्विक रुपमा पर्यटकीय रुपमा आकर्षण बनाउनेतर्फ ध्यान दिनुपर्ने बताइन्।
उहाँले पर्यटकीय सम्भावना भएका ठाउँमा हाउस पुलिङ गर्ने योजनालाई पनि अघि सारेको बताउनु भयो ।
थप सामग्री : https://ehimalayatimes.com/2024/08/253899/