मीनभवन कलेजका प्राध्यापकको हत्या आरोपमा १७ वर्षपछि पक्राउ परे रञ्जन खड्का

मीनभवन कलेजका प्राध्यापकको हत्या आरोपमा १७ वर्षपछि पक्राउ परे रञ्जन खड्का

काठमाडौं । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रञ्जन खड्का छन् । खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

प्राध्यापक विष्टको २०६४ असार २६ गते शंखमुलमा निर्घात कुटपिटबाट मृत्यु भएको थियो । सविता अधिकारी नाम गरेकी महिलालाई जिस्काएको निहुँमा विष्टमाथि सांघातिक आक्रमण भएको थियो ।

उक्त घटनामा यसअघि नै विनोद थापा र सवितालाई पक्राउ गरेको थियो । विनोद ०६९ सालमा पक्राउ परेका थिए भने सविता गत चैतमा पक्राउ परेकी थिइन्।


विनोद १० वर्ष जेल बसेर २०७९ सालमा छुटेका थिए । हाल पक्राउ परेका रन्जन नाताले विनोदका मामाका छोरा हुन् ।