ट्रकको ठक्करबाट व्यापारीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग बन्द

ट्रकको ठक्करबाट व्यापारीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग बन्द

दाङ । दाङमा  ट्रकको ठक्करबाट एक व्यापारीको मृत्यु भएको छ । मंगलबार  पश्चिमबाट पूर्वतर्फ गइरहेको सु. प. प्र ००१६ ख २७७९ नम्बरको ट्रकले लमही-भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा स्थानीय फलफूल व्यवसायी लोकप्रकाश भट्टराईको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।  

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूलको व्यापार गर्दै आएका ५० वर्षीय भट्टराईलाई बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक अमर बहादुर माझीले जानकारी दिए ।

मृतकका आफन्तले दोषीमाथि कारवाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै पूर्व-पश्चिम राजमार्ग बन्द गरेका छन् ।राजमार्ग बन्द हुँदा भालुवाङ तनावग्रस्त बनेको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।