गोरखा पहिरो : ४ जनाको शव भेटियो, एक जना अझै बेपत्ता

गोरखा पहिरो : ४ जनाको शव भेटियो, एक जना अझै बेपत्ता

गोरखा । गोरखाको धार्चेमा गएको पहिरोमा वेपत्तामध्ये ४ जनाको शव भेटिएको छ । धार्चे ५ रेशामा पहिरोले घर पुरिँदा उनीहरु वेपत्ता भएका हुन् । 

हालसम्म घरधनी जीतबहादुर गुरुङ, उनकी पत्नी कान्छी गुरुङ, बुबा सुलाल कान्छा गुरुङ र धार्चे ५ सिंग्लाका रमेश गुरुङको शव भेटिएको हो । 

ट्याक्टर चालक आरुपोखरीका रमेश परियार अझै भेटिएका छैनन् । पहिरोले जीतको घर पुरिँदा एकै परिवारका ३ सहित ५ जना बेपत्ता भएका थिए ।