पोखराबाट आयो दुःखद् खबर, २२ विद्यार्थी सवार स्कुल बस दुर्घटना

पोखराबाट आयो दुःखद् खबर, २२ विद्यार्थी सवार स्कुल बस दुर्घटना

पोखरा । विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । पोखरा महानगरपालिका २१ फुर्सेखोलाको घुम्तीमा एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको बस दुर्घटना भएको हो ।

कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माका अनुसार बसमा २२ विद्यार्थी, चालक र सहचालक गरि २४ जना सवार थिए । यो विद्यालय बिरौटामा छ । 

विद्यार्थी लिएर आउँदै गरेको ग १ क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ । घाइते विद्यार्थीेको उद्धार गरेर गण्डकी मेडिकल कलेज पृथ्वीचोक ल्याइएको छ ।

दुर्घटनामा एक बालिकाको मृत्यु भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए। उनको परिचय भने खुलिसकेको छैन। विस्तृत विवरण आउन बाँकी छ ।