सुनको भाउ फेरी बढ्यो

काठमाडौं : बिहिबार सुन प्रतितोला ७ सय रुपैयाँले बढेको छ । बुधबार ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार रुपैया कायम भएको छ । बिहिबार चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेर ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।