नगद र सुनका गहना चोरी भाग्दै गरेका व्यक्ति पक्राउ

नगद र सुनका गहना चोरी भाग्दै गरेका व्यक्ति पक्राउ

काठमाडौं : चोरी गरी भाग्दै गरेको अवस्थामा नुवाकोट विदुर नगरपालिका-१७ घर भइ काठमाडौं महानगरपालिका-१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका५ कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब १० लाख ७६ हजार ६ सय १० रूपैयाँ बराबरको धनमाल चोरी गरी भाग्दै गरेका उनलाई प्रहरीले गरगहनासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।