पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो

पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो

वीरगञ्ज। आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ जनाले ज्यान गुमाएका छन्। गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०/८१ मा एकतिहाइले बढेको बताए।

आव २०७९/८० मा भने २९ पुरुष, पाँच-पाँचजना महिला र बालकको गरी ३९ जनाको ज्यान गएको थियो। प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बताए। आव २०८०/८१ मा सात सय ९६ र आव २०७९/८० मा भने चार सय ९८ सवारी दुर्घटना भएका थिए।