संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइयो, प्रधानबारे निर्णय हुने

संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइयो, प्रधानबारे निर्णय हुने

काठमाडौं। संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ।

आगामी सोमबार विहान साढे ११ बजे बस्नेगरी संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको हो। बैठकले निर्वाचन आयोगको आयुक्तमा प्रतावित कृष्णमान प्रधानलाई अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय लिने बताइएको छ।

निर्वाचन आयोगका प्रस्तावित आयुक्त प्रधानको सुनुवाइ सकिएको छ । आयुक्तमा उनलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय भने हुन सकेको छैन ।

यसअघि नेपाल कानुन समाजमा कार्यरत रहेका प्रधानमाथि यौन शोषणको आरोप छ। यौन शोषणविरुद्धको मुद्दा मेलमिलापमार्फत टुङ्ग्याइएकाले उनी आयुक्तका लागि अयोग्य रहेको भन्दै सांसदहरुले उनको नैतिक चरित्रमाथि प्रश्न उठाइरहेका छन्।