मनोजको घरमा उधुम मच्चाएका कारण पक्राउ परेकी मीना ढकाल २० दिनपछि छुटिन्

मनोजको घरमा उधुम मच्चाएका कारण पक्राउ परेकी मीना ढकाल २० दिनपछि छुटिन्

काठमाडौं । पूर्वपति हास्य कलाकार मनोज गजुरेलको घरमा चाबी लगाएर आगो लगाउँछु भन्दै उधुम मच्चाएपछि पक्राउ परेकी मीन ढकाल २० दिनपछि छुटेकी छिन् । २३ असारमा पक्राउ परेकी उनी १० साउन बिहीबार छुटेकी हुन् ।

केही युवाहरू लिएर बालकोटमा रहेको मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी मीनालाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको थियो । मनोज घरमा नभएको समय युवाहरूको ग्रुप लिएर ८५ वर्षकी गजुरेलकी आमालाई धम्काई, लछारपछार पारि चाबी लगाएर हिँड्न लागेका बेला छिमेकीहरूले प्रहरीलाई खबर गरिदिएपछि उनी पक्राउ परेकी थिइन् ।

उनीविरुद्ध सरकारी वकिल कार्यालयले बिहीबार मुद्दा दर्ता गरेपछि धरौटीमा छुटेकी हुन् । २०७४ सालमै मनोजसँग सहमतिमै सम्बन्ध विच्छेद गरेकी मिनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गर्दै आएकी थिइन् । गजुरेल र ढकालका १ छोरी र १ छोरा छन् । छोरी क्यानडामा रहेकी छन् भने छोरा गजुरेलसँगै बस्दै आएका छन् ।