कीर्तिपुरका मेयर नकर्मीको निधन

कीर्तिपुरका मेयर नकर्मीको निधन

काठमाडौं। कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। उनको गएराति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए।

ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ। उनकाे पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर  श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने ढकालले जानकारी दिए।

नकर्मी लामाे समयदेखि मिर्गौला राेगबाट पीडित थिए। मिर्गौलामा समस्या आएपछि उनी २ साउनमा वीरमा भर्ना भएका थिए। मेयर नकर्मीले आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि १ साउनमा नै सुनिता शाक्यलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएका थिए।