मध्यपहाडी लोकमार्गको रुकुमखण्ड अवरुद्ध

मध्यपहाडी लोकमार्गको रुकुमखण्ड अवरुद्ध

रुकुम पश्चिम । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएसँगै रुकुम पूर्वबाट रुकुम पश्चिम, दाङ, नेपालगन्ज जाने तथा रुकुम पूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौं जाने सवारीसाधन रोकिएका  रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।

सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको उनले जानकारी दिए । पानी नपरेमा आज दिउँसोसम्ममा सडकमा यातायात सञ्चालन गराइनेछ ।