रास्वपा केन्द्रीय समिति बैठक बस्दै

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय वनस्थलीमा बिहान ११ बजे बस्ने बताइएको छ 

आजको बैठकामा पार्टीको गतिविधि, आन्तरिक रणनीति, विधान संशोधन कार्यदल पुनर्गठन, पार्टीका विभागहरुलाई पूर्णता, पार्टीको प्रदेश र जिल्ला तहका समितिमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने लगायतका विषयमा छलफल हुने केन्द्रीय सदस्य सन्तोष परियारले जानकारी दिए।

यस्तै बैठकमा रास्वपातर्फबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र र उनीमाथिको आरोपबारे पनि छलफल हुनेछ ।