भारतमा बजेटपछि सुनको मूल्य झण्डै ४ हजार घट्यो

भारतमा बजेटपछि सुनको मूल्य झण्डै ४ हजार घट्यो

काठमाडाैं। भारतकी अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट प्रस्तुत गर्दा बहुमूल्य खनिजको आयात शुल्क १५ बाट ६ प्रतिशतमा झारेको घोषणा गरेकी थिइन्।

यसपछि भारतीय बजारमा सुनको भाउमा भारी गिरावट आएको छ। बजेट प्रस्तुत भएसँगै स्थानीय बजारमा सुनको भाउ झन्डै ४ हजार रुपैयाँ घटेको मल्टी कमोडिटी एक्सचेन्जले जनाएको छ।

आयात शुल्क घटाउँदा यस्ता बहुमूल्य धातुको आयात बढ्ने र मूल्य घट्ने बजार व्यवसायी बताउँछन्। फलस्वरूप, आन्तरिक बजारमा गहनाको माग बढ्न सक्छ।

बुधबार सुनको भाउ प्रति १० ग्राम ७२ हजार ८ सय ३८ रुपैयाँबाट झण्डै ४ हजार रुपैयाँ घटेर ६८ हजार ७ सय ५१ रुपैयाँ पुगेको बीबीसी हिन्दीले जनाएको छ।