जहाज दुर्घटना : टिचिङ पुर्याइयो  १८  शव,  आफन्तको रुवाबासी

जहाज दुर्घटना : टिचिङ पुर्याइयो  १८  शव,  आफन्तको रुवाबासी

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृतक १८ जनाकै शव पोष्टमार्टमका लात्रि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

आजैबाट पोष्टमार्टमको काम सुरु गरिने भए पनि पूरै रिपोर्ट आइसक्न तीन दिन लाग्ने अस्पतालले जनाएको छ। अस्पतालमा मृतकका परिवार तथा आफन्तहरू भावविह्‍वल अवस्थामा पुगेका छन्। शव चिन्न सक्ने अवस्थामा नरहेको र पोष्टमार्टमको काम नसकिएसम्म आफन्तहरूलाई शव नदिइने भएकाले उनीहरू अस्पताल प्रांगणमै शोकाशुल अवस्थामा रहेको देख्‍न सकिन्छ।

बुधबार बिहान त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको उक्त जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको थियो।