दुर्घटनामा घाइते क्याप्टेन शाक्यको अवस्था कस्तो छ ?

दुर्घटनामा घाइते क्याप्टेन शाक्यको अवस्था कस्तो छ ?

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएको पाइलट मनिषरत्न शाक्यको उपचार भइरहेको छ ।   उनको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ ।

दुर्घटना घाइते पाइलट शाक्यको उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो ।उनको  उपचार भइरहेको अस्पतालले जनाएको छ। क्याप्टेन शाक्यले परिवारका सदस्यहरुसँग भेटेर बोलिरहेका छन् ।

मनिषको अवस्था सुधार भइरहेको परिवारले बताएका छन् । उनको निधारमा काटेको छ । अहिले मनिषको होस पनि आइसकेको  मनिषको काका अमूल शाक्यले बताए । केही बेरमा रिफर गर्ने तयारीमा भइरहेको छ ।

अस्पतालका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको थियो । सौर्य एयरलाइन्सको कर्मचारीहरु बोकेर काठमाडौंबाट पोखरा उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

विमानमा सवार चालक दलका सदस्यसहित १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । क्याप्टेन शाक्यलाई भने दुर्घटनास्थलबाट नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर अस्पताल पठाएका थिए । उद्धारको बेला शाक्य रगताम्य अवस्थामा थिए ।