पूर्वराज्यमन्त्री रायको हत्या अनुुसन्धानका निम्ति खटियो सीआईबी टोली

पूर्वराज्यमन्त्री रायको हत्या अनुुसन्धानका निम्ति खटियो सीआईबी टोली

काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुुसन्धानका निम्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ । गएको आइतबार राति सर्लाहीस्थित घरमा रायको हत्या गरिएको थियो ।

उनी सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा बस्दै आएका थिए । धारिलो हतियार प्रहार गरी ८० वर्षीय रायको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको टाउकोको बायाँतिरको भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको थियो । अनुसन्धानका निम्ति प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । उनको हत्या गर्न प्रयोग गरिएको हतियार भने सोमबार साँझ प्रहरीले फेला पारेको छ ।

तर, हत्याराबारे जिल्ला प्रहरी सुराकविहीन बनेपछि अनुसन्धान गर्न सीआईबीको टोली खटिएको हो । मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले अनुसन्धानका लागि सीआईबीको टोली सर्लाही पुगेको जानकारी दिए ।