न्यूरोडको फुटपाथ विवाद टुंगियो, अध्ययन समिति बनाउने सहमति

न्यूरोडको फुटपाथ विवाद टुंगियो, अध्ययन समिति बनाउने सहमति

काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्र लगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फूटपाथ बिस्तार-निर्माणसम्बन्धी कुनै काम नगर्ने स्थानीय वासिन्दासँग सहमति गरेको छ।

सोमबार भएको वार्तामा अहिले भएसम्मको फुटपाथ विस्तारलाई कायम राख्ने र बाँकी काम रोक्ने सहमति भएको हाे।

सहमतिअनुसार अध्ययन समिति बनाउने र उक्त समितिले दिने प्रतिवेदनको आधारमा अघि बढ्ने भएको हो काठमाडौं महानगरका प्रबक्ताले जानकारी दिए।

सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञ साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव छन्।

उनीहरुले वडा २४ मा भएको फूटपाथ बिस्तारले पारेको असर (सकारात्मक अथवा नकारात्मक) बारे अध्ययन गरी मङ्सिर २ मा प्रतिवेदन बुझाउने सहमति भएको छ।