प्रहरीले भेटायो पूर्वराज्यमन्त्रीको 'हत्यामा प्रयोग गरिएको' हतियार

प्रहरीले भेटायो पूर्वराज्यमन्त्रीको 'हत्यामा प्रयोग गरिएको' हतियार

काठमााडौं । प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा प्रयोग गरिएको हतियार फेला पारेको छ ।

रायको घरभन्दा उत्तरपश्चिमतर्फको करिब ५० मिटर टाढा रहेको बाँसको झाङमा रगत लागेको धारिलो हतियार फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।
गए राति ८० वर्षीय रायको उनकै निवास सर्लाही चन्द्रनगर गाउँपालिका–१ मा हत्या भएको थियो ।

उनको टाउकोको बायाँतिरको भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ ।अनुसन्धानका लागि प्रहरीको टोली धनुषा लालगढबाट कुकुरसहितको टोली लिएर घटनास्थल पुगेको छ ।