पूर्वराज्यमन्त्री राय हत्या प्रकरण : पक्राउ परेका भान्छेले दिए सनसनीपूर्ण बयान

पूर्वराज्यमन्त्री राय हत्या प्रकरण : पक्राउ परेका भान्छेले दिए सनसनीपूर्ण बयान

काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्याको अनुसन्धानका क्रममा सोधपुछका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । राज्यमन्त्री रायको आइतबार मध्यराति सर्लाहीको चन्द्रनगरस्थित निजी निवासमा हत्या भएको थियो ।

मन्त्री रायको खेती घरमा काम गर्ने भान्छेलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो । उनी लामोसमयदेखि रायको घरमा काम गर्दै आएका थिए ।

प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका उनी पनि सोही घरमा राति सुतेका थिए । उनैले राति नै झाको हत्या भएकोबारे आफन्तलाई जानकारी गराएका थिए । तीन जनाको संख्यामा आएका अज्ञात व्यक्तिले रायको हत्या गरेको उनले प्रारम्भिक  बयान दिएका छन्।

राय केही दिनअघि मात्रै  त्यहाँ पुगेका थिए । चन्द्रनगरमा उनको खेती छ । वर्षेनी धान रोपाउने बेलामा राय आफै जाने गरेका थिए । रायका पत्नी र छोरा, बुहारी काठमाडौँमा बस्ने स्थानीयले बताएका छन्।

राय करिब ३० वर्षअघि राप्रपाबाट तत्कालिन सरकारको भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । हत्यामा कसको संलग्नता छ र के कारणले हत्या भएको हो भन्ने खुलिसकेको छैन ।

प्रहरी अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । रायको शव पोस्टमार्टमका लागि मलंगवा अस्पताल लगिएको छ ।