बुधबार सुनको भाउ घट्यो

काठमाडौं : बुधबार सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ । बुधबार ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला ७५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ३ सय रुपैया कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाले घटेर ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।