६१ अंकले बढ्यो नेप्से परिसूचक, १५ अर्ब बढीको कारोबार

६१ अंकले बढ्यो नेप्से परिसूचक, १५ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६१ अङ्कले बढेको छ । निरन्तर बढी रहेको नेप्से परिसूचक आज ६१.६१ अङ्कले बढेर २४८५.९४ विन्दुमा अडिएको हो ।

आइतबार ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयरको खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन कारोबारमा आएका १८१ कम्पनीको शेयर मूल्य बढेको छ । भने, ५६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त वित्तीय संस्था र हिमालयन बैंक लिमिटेडको शेयर सर्किट लेबलमा कारोबारका साथ सर्वाधिक नफा कमाएका छन् । कारोबारका आधारमा सोल्टी होटल्स लिमिटेड ३४ करोड १० लाख ९६ हजार रूपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

गत सातादेखि निरन्तर उछाल भइरहेको नेप्से गत बिहीबार ५९.६८ अंकले बढेर २४२४ को विन्दुमा अडिएको थियो । जहाँ करिब २८ महिनायताकै उच्च विन्दुमा नेप्से पुगेको थियो । गत बिहीबार ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयरको खरिदबिक्री हुँदा १५ अर्ब ५४ करोड ८८ लाख रूपैयाँको करोबार भएको थियो । भने, आज पनि करिब १५ अर्ब बढीको कारोबार भएको छ