कारले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

कारले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका–६, लेकसाइडमा आज  बिहान भएको दुर्घटनामा २६ वर्षीय ईश्वर परियारको ज्यान गएको छ। 

बिहान पौने ६ बजेतिर ग३च ३४५७ नम्बरको कारले ग११प ९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा परियारको निधन भएको हो। बिहान पौने ६ बजेतिर गाडीको ठक्करले गम्भीर घाइते बभएका चालक परियारलाई उपचार लागि गण्डकी मेडिकल कलेज लगिएकोमा पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। 

कारका चालक पोखरा–१७, डेमसाइड निवासी ३० वर्षीय सुशील दहित र दुवै सवारी साधन प्रहरी नियन्त्रणमा छन्। घटनाबारे अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए।