हात्तीको आक्रमणबाट कोसीमा १० जनाको मृत्यु, २५ घाइते

हात्तीको आक्रमणबाट कोसीमा १० जनाको मृत्यु, २५ घाइते

झापा । गत आर्थिक वर्षमा कोसी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँचवटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी झापा जिल्ला रहेको जानकारी दिए । उनले झापामा एक वर्षको अवधिमा ६, सुनसरीमा तीन र मोरङमा एकजनाको मृत्यु भएको बताए ।