न्यूरोडमा फुटपाथ विस्तारको विरोधमा उत्रिए  स्थानीय र व्यापारी

न्यूरोडमा फुटपाथ विस्तारको विरोधमा उत्रिए  स्थानीय र व्यापारी

काठमाडौं । काठमाडौंको न्यूरोडमा  फुटपाथ विस्तार गर्न  न्यूरोडका व्यवसायी र स्थानीयबासीले अवरोध गरेका छन् ।

न्यूरोडमा फुटपाथ बढाउन नहुने भन्दै उनीहरु प्रर्दशनमा उत्रिएका हुन् । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरले बुधबारबिहानदेखि न्यूरोड नयाँ सडकमा फुटपाथको काम सुरु गरी कालोपत्रे भत्काउन सुरु गरेको थियो ।

तर स्थानीय र व्यापारीहरुले न्यूरोडमा सडक घटाएर फुटपाथ बढाउन नहुने भन्दै महानगरविरुद्ध प्रर्दशन गरेका हुन् । अहिले ठूलो संख्यामा प्रहरी र नगरप्रहरी परिचालन गरिएको छ । यसअघि महानगर न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रकिया अगाडि बढाएको थियो ।

त्यतिबेला पनि न्यूरोडका स्थानीय र व्यापारीहरुले अवरोध गरेका थिए ।  स्थानीय र व्यापारीको अवरोधकैबीच महानगर काम सुरु गरी कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको थियो । तर सडक डिभिजन काठमाडौंले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै सामान जफत गरी फुटपाथ विस्तारमा रोक लगाएको थियो । महानगरले फुटपाथ बिस्तारको लागि काटेको सडक समेत सडक डिभिजनले पुनस् पुरेर पीच गरेको थियो ।