‘इको साउण्डर’को प्रयोग गरी त्रिशूली नदीमा बेपत्ता बसको खोजी गरिँदै

‘इको साउण्डर’को प्रयोग गरी त्रिशूली नदीमा बेपत्ता बसको खोजी गरिँदै

धादिङ।अविरल वर्षसँगै सडक माथिबाट आएको लोदो सहितको ढुङ्गका  कारण मुग्लीन नरायणघाट सडक खण्डको सिमलतालमा दुई ओटा यात्रु वाहब बस एकै पटक लोदोले बगाउदा त्रिशूली नदीमा वेपत्ता भएको आज छ दिन भइसक्दा बसको अझै कुनै पत्तो लाग्न सकेको छैन।

यो दुर्घटनामा परी बस सहित बसमा सवार सबै यात्रुहरु त्रिशूली नदीमा बेपत्ता भएको हो। दुर्घटनामा परी वेपत्ता सवारीको खोजी कार्य जारी रहेको छ भने विस्तारै वेपत्ता यात्रुहरुको शव भेटाउने क्रम जारी छ। अहिलेसम्म १७ शव भेटिएका छन् जस मध्ये ८ को मात्र सनाखत भएको  छ।

वेपत्ता बसको खोजीमा पानी मुनी बोरोस्कोपको,पानी मुनी चलाईने क्यामेरा, ड्रोनलगाएत सोनारको प्रयोग गरेकोमा अहिले भने इको साउण्डरको प्रयोग गरी खोजी कार्य गरिरहेको छ।

पहिलो प्रयोग गरेको उपकरणले खोजी कार्य त्यति प्रभावकारी नभएपछि आधुनिक ईको साउण्डर प्रयोगमा ल्याइएको हो। इको साउण्डर भने यो नदीको गहिराई नाप्पनेको लागि प्रयोग गरिने उपकरण भएको र यसले नदीको गहिरो भागमा भएको बस्तुहरुको ग्राफ मात्रै बनाउने गर्दछ।

त्यसैको आधारमा शंकास्पद स्थानमा खोजी गर्ने प्राविधिकहरुको भनाइ छ। नदीको गरिहारईमा बस्तुसंग ठक्कर खाँदा डुङ्गा भए यसले डल्लो र भि-आकारको इको ग्राफ देखाउँछ। यसले फालेको ध्वनी अनुसार ग्राफ मनीटरमा निस्कने र त्यही आधारमा खोजी गर्ने इन्जिनियर युवराज देवकोट बताउँछन्। नदीमा बस भए त्यसको ध्वनीले आयत आकारको ग्राफ मनिटरमा देखाउँछ।

यो उपकरण पानी मुनी भएको बस्तुहरुको दृष्य हेर्ने भने प्नयोग गरिने होइन। यही उपकरणको प्रयोग गरी त्रिशूली नदीमा बेपत्ता दुई बसको खोजीका लागि सरकारले दुर्घटना स्थल सिमलताल क्षेत्रमा पर्नै त्रिशुली नदी सेती दोभभान लगाएत नारायणी नदीदेखि भारतको सीमा क्षेत्रसम्म टोली परिचालन गरेको छ।

काडमाण्डौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००१ख २४९५  नम्वरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौतर्फ आउँदै गरेको   बाग्मती प्रदेश ०३-००६ख १५१६ नम्वरको एन्जल डिलक्स बस दुर्घटनामा परी नदीमा बेपत्ता भएको हो।