सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा कति पुग्यो ?

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा कति पुग्यो ?

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ। योसँगै नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ पुगेको छ। सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ थियो। यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४७ हजार १०० रुपैयाँ कायम छ।

यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १८ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार १८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।