शेखर समूहले टुंग्यायो मन्त्रीको नाम, प्रदीप स्वास्थ्यमन्त्री, रामनाथ कृषि, पर्यटनमा बद्री

शेखर समूहले टुंग्यायो मन्त्रीको नाम, प्रदीप स्वास्थ्यमन्त्री, रामनाथ कृषि, पर्यटनमा बद्री

काठमाडौं । नेपाली कांग्रेसको शेखर गगन समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । स्रोतका अनुसार प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । संस्कृति पर्यटन तथा  नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् । रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् ।

नेपाली कांग्रेसले  १० मन्त्रालय पाउनेछ । देउवाले यसअघि पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा ओली सरकारमा सहभागि हुने निर्णय गरेका थिए । 

देउवा पक्षबाट नेता सिंह उपप्रधानसहित सहरी विकास, रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, अजय चौरसिया कानुन र दीपक खड्का ऊर्जामन्त्री बन्ने छन् । 

हृदयराम थानी, तेजुलाल चौधरी,ऐनबहादुर शाहीको नाम टुङ्गिए पनि मन्त्रालय टुंगिएको छैन ।  आज ११ बजे प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्ने कार्यक्रम छ ।