कांग्रेसले टुङ्ग्यायो १० मन्त्रीको नाम, को कसले पाए अवसर ?

कांग्रेसले टुङ्ग्यायो १० मन्त्रीको नाम, को कसले पाए अवसर ?

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीका लागि १० जनाको नाम टुङ्ग्याएको छ । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस १० मन्त्रीसहित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो ।

नेता सिंह उपप्रधानसहित सहरी विकास, रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, अजय चौरसिया कानुन र दीपक खड्का ऊर्जामन्त्री बन्ने छन् । यस्तै बाँकी पाँच जनाको मन्त्रालय अझै टुङ्गो लागिसकेको छैन ।

मन्त्रीमा भने रामनाथ अधिकारी, हृदयराम थानी, तेजुलाल चौधरी, प्रदीप पौडेल, ऐनबहादुर शाहीको नाम टुङ्गिएको छ । यसले गण्डकी र लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व नहुने छैन । 

गण्डकी र लुम्बिनीको प्रतिनिधित्व गराउन देउवाले अन्तिममा एक–दुई जनाको नाम हेरफेर गर्ने सक्ने पनि स्रोतले बतायो । आज ११ बजे प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्ने कार्यक्रम छ ।