कांग्रेसको संस्थापनइतर पक्षले छान्यो मन्त्री, को-कसले पाए अवसर ?

कांग्रेसको संस्थापनइतर पक्षले छान्यो मन्त्री, को-कसले पाए अवसर ?

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले नयाँ सरकारमा मन्त्री बन्नेको नाम टुंगो लगाएको छ । स्रोतका अनुसार, टुंगो लगाइएका नाम नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेका छन् ।

इतर समूहले चार मन्त्रालय पाएको स्रोतको जिकिर छ । सिफारिस नाममा सुर्खेतबाट निर्वाचित सांसद हृदयराम थानी, धादिङबाट विजयी रामनाथ अधिकारी छन् । यस्तै, काठमाडौंबाट निर्वाचित सांसद प्रदीप पौडेल र सप्तरीबाट विजयी तेजुलाल चौधरीको नाम सिफारिस गरिएको स्रोतको दाबी छ । 

स्रोतका अनुसार, मन्त्री बन्न सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार मुख्य आकांक्षी थिए । तर, उनीहरूलाई छानिएन । “राज्यमन्त्री पाए लीला बोखिम, प्रतिमा गौतम, मैना कार्की रावललगायतको पनि चर्चा छ । तर, अहिले यसै भन्न सकिन्न,” स्रोतले भन्यो ।