काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन भएसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्लाई कार्य सम्पादनको जिम्मा दिएका छन्।
शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भइसकेका छन्।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन गर्न जिम्मेवारी तोकेका हुन्।