देश फेरि माफियाहरुको हातमा जान लाग्यो, जनता जाग्नुस् : प्रधानमन्त्री

देश फेरि माफियाहरुको हातमा जान लाग्यो, जनता जाग्नुस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुयष्पकमल दाहाल प्रचण्डले आफूले सुशासनका लागि काम गर्नु नै सरकार ढाल्ने आधार बनेको भन्दै देश माफियाको हातमा जान लागेको बताएका छन् ।

विश्वासको मत माग्ने प्रस्ताव राख्न उभिएका प्रधानमन्त्री प्रचण्डले देश माफियाको हातमा जान लागेको भन्दै जनता जाग्ने बेला भएको बताए । “जनता जाग्नुस्, अब जनता जाग्ने बेला भयो, होइन भने फेरि देश माफियाकै हातमा जान लाग्यो,” प्रधानमन्त्री प्रचण्डले भने, “यति धेरै हाइ प्रोफाइल कहिल्यै पक्राउ परेका छन् । अहिले पनि उपप्रधानमन्त्री भएका व्यक्ति प्रहरी हिरासतमै हुनुहुन्छ ।” 

उनले आफू सरकारमा नभए पनि नक्कली भूटानी शरणार्थी प्रकरणसहितका काण्डको कसरी पटाक्षेप हुन्छ भनेर निगरानी गरिरहने बताए ।