नारायणी नदीमा तीन जनाको शव फेला

नारायणी नदीमा तीन जनाको शव फेला

नवलपुर।  नवलपरासीको गैँडाकोट-१ नारायणी नदीमा तीनजनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैँडाकोट-१ मजुवा सामुदायिक वननजिक नारायणी नदी किनारमा दुई पुरुष र एक महिलाको शव सडेगलेको अवस्थामा भेटिएको हो।

अहिले शव मुचुल्का उठाएर भरतपुर अस्पताल चितवनामा पाेष्टमाटमका लागि राखिएकाे छ। शवको पहिचान हुन सकेको छैन। उक्त शव बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।