काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले अब बन्ने सरकार संविधानकै धाराबाट बन्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभा रिजालले बालाजुको बाइस धाराबाट नभइ संविधानकै धाराबाट केपी ओली नेतृत्वको सरकार बन्ने भएकाले चिन्ता नगर्न सुझाव दिए।
राजनीतिक स्थिरताका लागि नै एमालेले कांग्रेससँग सहकार्य गरेको उनले बताए। उनले प्रधानमन्त्री दाहालको व्यवहार अस्थिर देखिएको र एमालेप्रति नै घात हुने संकेत देखिएको जिकिर गरे। प्रधानमन्त्री पुष्पकमल दाहालले चारपटक सदनबाट विश्वासको मत लिनुपर्ने अवस्थाको आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै रिजालले प्रचण्ड नेतृत्वको सरकारबाट राजनीतिक स्थायित्वका साथै लोकतन्त्र सुदृढ हुँदैन भन्ने निष्कर्ष एमालेको रहेको बताए।