विराटनगरमा ग्याङफाइटः छुरा प्रहारबाट एक युवकको मृत्यु , २ घाइते

विराटनगरमा ग्याङफाइटः छुरा प्रहारबाट एक युवकको मृत्यु , २ घाइते

विराटनगर । विराटनगरमा गएराति भएको ग्याङ फाइटमा परि एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

ग्याङ फाइटमा घाइते मोरङको कटारी गाउँपालिकाका २१ वर्षीय करण कामतको मृत्यु भएको हो ।कटहरी–१ जमोटकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् ।

उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राती १० बजे तीनै जना घाइते अवस्थामा भेटिएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा कामतको भने मृत्यु भएको छ ।

मृतक कमातको शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ । घाइतेहरूको पनि शरीरको विभिन्न स्थानमा धारिलो हतियार  प्रहार  भएको छ ।घाइते भएकै समूहकाबीचमा झडप भएको या अर्कै समूहले आक्रमण गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।