कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द

कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द

काठमाडाैँ । लगातार भइरहेको वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द छ। 

करिडोरको चार ठाउँमा पहिरो खसेकाले तीन दिनदेखि यो सडक खण्डमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। शनिबार बिहानैदेखि यो  सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिए। 

करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङमा ट्र्याक नै बगेकाले सडक खुल्न समय लाग्ने बागलुङ नगरपालिकाका उपप्रमुख राज खड्काले बताए। करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउलेखोला र जिमिरघाटमा पहिरो खसेको छ।