बाघसँग भिडेरै जोगिए दाङका यी तीन महिला

बाघसँग भिडेरै जोगिए दाङका यी तीन महिला

तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर ९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिए।

सोमबार बिहान तुलसीपुर उपमहानगरपालिका ९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको थियो।  तीन जनाले सामूहिक प्रतिवाद  गरेपछि बाघ भागेको थियो । 

केसीको दुवै हातमा सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ। घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ।