युवकको टोकाइबाट सर्पको मृत्यु !

युवकको टोकाइबाट सर्पको मृत्यु !

काठमाडौं । विहारका एक युवकको टोकाइबाट सर्प मरेको छ । बिहारका सन्तोष लोहारले सर्प टोकेका थिए ।

लोहारले टोक्नुअगाडि सर्पले लोहारलाई टोकेको थियो । सर्पले टोकेपछि सर्पलाई दोब्बर टोक्दा विष नलाग्ने त्यहाँको मान्यता रहेको भारतीय मिडियाहरूले लेखेका छन् ।

यो खबर रुसी विश्व च्यानल आरटीले पनि प्रकाशन गरेको छ । भारतको रेलवे निर्माण क्षेत्रको राजौलीमा लोहारलाई सर्पले त्रिपालभित्र छिरेर टोकेको थियो ।