सेयर बजारमा २१ अंकको वृद्धि, ६ अर्बमाथिको कारोबार

सेयर बजारमा २१ अंकको वृद्धि, ६ अर्बमाथिको कारोबार

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन ६ अर्ब २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बढेको बजारमा मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६१ रुपैयाँ ५० पैसा कायम छ ।

१३ समूहगतमध्ये तीनवटाको परिसूचक घटेको छ । विकास बैंक, फाइनान्स र व्यापार समूहको परिसूचक घटेको हो । व्यापार समूहको परिसूचक २.२३ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि होटेल तथा पर्यटन समूहको भएको छ । यो समूहको परिसूचक २.९६ प्रतिशतले बढेको छ ।